बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको रिट चौथो पटक हेर्न नभ्याइनेमा


काठमाडौं – सर्वोच्च अदालतमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको ओझाविरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको हो ।

याेसँगै ओझाविरुद्ध परेको रिट चौथो हेर्न नभ्याइनेमा परेकाे हाे । यसअगाडि वैशाख ८ गते र वैशाख १० गते पनि यो रिटलाई हेर्न नभ्याइनेमा तथा चैत ३१ गते हेर्न नमिल्नेमा राखिएको थियो ।

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन् ।