तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज १ लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० रुपैयाँ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।