बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली र ८२ हजार भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४५ वर्षीय सौरभ ठुकराल लाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।