गभर्नर नियुक्तिविरुद्ध परेको ‘रिट’ आज पनि हेर्न नभ्याइने

गभर्नर नियुक्तिविरुद्ध परेको ‘रिट’ आज पनि हेर्न नभ्याइने


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिविरुद्ध दायर रिट आजपनि हेर्न नभ्याइनेको सूचीमा परेको छ । उक्त रिट न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको इजलासमा १४औँ नम्बरमा पेसीमा तोकिएको थियो ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यमा ६५ वर्षे उमेर हद नलाग्ने गरी संशोधन गरिएको निर्णयविरुद्ध कार्यान्वयन नगर्न मागसहित परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो । यता सोही रिटमाथि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन परेको रिट पनि आज हेर्न नभ्याइनेमा नै राखिएको छ ।

यसअघि वैशाख ७, ८, ९, १० र १४ गते निरन्तर पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेर हद रहेकोमा हटाएपछि अधिवक्ता विशाल थापाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।