काठमाडौं – शिवराज नगरपालिका–५ ग्यालेक्सीटोल डेरा गरी बस्ने भारत बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र १६ हजार ५ सय ९० भारतीय रुपैयाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त रकम फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया