काठमाडौं – आज (सोमबार) शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्सेमा १४ दशमलव ५८ अंकको गिरावट देखिदा बजार २६ सय ४७ दशमलव २ को बिन्दुमा पुगेर बन्द भएको हो ।आज नेप्सेमा कारोबार भएका ३२७ कम्पनीहरुको ८ अर्ब ९१ करोड २८ लाख भन्दा माथि करोबार भएको छ । यी कम्पनीहरूले आज जम्मा २ करोड ३६ लाख ८९ हजार कित्ता शेयर किनबेच गरेका छन् ।
आज सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । नेपाल माइक्रोले १० प्रतिशत र क्रेष्ट माइक्रोका लागानीकर्ता ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा बढी कारोबार गर्नेमा ङादी ग्रुप पावर कम्पनीले र राधिँ विद्युत कम्पनी रहेका छन् ।
आज नगदीले ७० करोड ९४ लाख ७१ हजार बराबरको कारोबार गरेका छन् भने राँधिले ४५ करोड भन्दा माथिको कारोबार गरेको हो ।आज सबैभन्दा बढी सप्तकोसी डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्टका लगानी कर्ताले गुमाएका छन् । आज सप्तकोशीले ८.९३ प्रतिशतका दरले गुमाएका छन् भने भूगोलका लगानी कर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ वटा मात्रै वृद्धि भएका छन् ।
प्रतिक्रिया