५ अर्बको ऋणपत्र ल्याउँदै एनएमबि बैंक, ब्याजदर ७ प्रतिशत

५ अर्बको ऋणपत्र ल्याउँदै एनएमबि बैंक, ब्याजदर ७ प्रतिशत


काठमाडौं – एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएाे छ । बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा वैशाख ऋणपत्र ल्याउनका लागि अनुमति मागेको हो । बैंकले एनएमबि पावर बोन्ड–१ नामक ऋणपत्र ल्याउन लागेको हो । सेबोनले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ ।

कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बाँकी २० इकाइ बैंकले सर्वासाधारणका लागि जारी गर्नेछ । ऋणपत्र ७ वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् । एनएमबि बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।