कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ११ हजार ७ सय ४१ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरु, योग्य व्यक्ति, कम्पनी संघ संस्थाहरूले खरिद गर्ने गरी उक्त शेयर बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले बिक्रीमा राखेका हुन् ।

सो शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित मिति (वैशाख १५) देखि अन्तिम मिति (वैशाख २१) सम्म आवेदन दिन सक्नेछन्।आवेदनका लागि कार्यालयको समयभित्र उल्लेखित शर्तको अधीनमा रही गोप्य शिलबन्दी आवेदन दिन सक्नेछन् ।