काठमाडौं – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी तथा संगठित अपराध सम्बन्धी कसुरका फरार प्रतिवादी कांग्रेसकी सांसद माया राईलाई पहरीले पक्राउ गरेको छ ।
संस्थाका अध्यक्ष एवं सञ्चालक गितेन्द्र बाबु राई समेत संलगन भएर ठगी तथा संगठित अपराध गरेको उजुरी अनुसार काठमाडौं जिल्ला परिसरमा खटिएको प्रहरी टोलीले उनलाई बुढानीलकण्ठ – ९ कपनबाट पक्राउ गरेको हो ।
उनलाई अनुसन्धान गर्ने काठमाडौं जिल्ला अदालतले ३ दिने म्याद दिएको छ ।
प्रतिक्रिया