भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन


काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम (कामु) गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा भएको भेटमा उनले ढुंगानालाई सो निर्देशन दिएका हुन्।

सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच डा.भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा सार्वजनिक भएसँगै भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, उनले दिएको राजीनामा कामु गभर्नर ढुंगानाले अझै स्वीकृत गरिसकेकी छैनन्।