स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक जना पक्राउ


काठमाडौं – मलंगवा नगरपालिका–६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रुपैयाँसहित भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।