काठमाडौं – नेपाल स्टक एकचेञ्ज (नेप्से) मा आज झिनो अंकको वृद्धि देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा ५ दशमलव ९८ अंकको वृद्धि देखिँदा बजार २६ सय ६४ दशमलव १ को बिन्दुमा बन्द भएको छ।
आज नेप्सेमा कारोबार भएका ३१४ कम्पनी मध्ये १०४ कम्पनीको कारोबार रकममा वृद्धि आएको छ भने १४१ कम्पनीको कारोबारमा गिरावट देखिएको छ । आज नेप्सेमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार बराबरको कारोबार हुँदा २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता शेयर किनबेच भएको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युतको ५६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ७ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् । सानिमा माई हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया