काठमाडौं – आर्थिक क्षेत्रमा हुने अपराध दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । लुम्बिनी प्रदेशमा यस वर्षको कात्तिक मसान्तसम्ममा मात्र संगठित तथा आर्थिक अपराधमा ३३१ वटा उजुरी दर्ता भएका छन् । लुम्बिनी प्रदेशमा मात्र गत आर्थिक वर्ष २०८०/२०८१ मा संगठित तथा आर्थिक अपराधमा ७४८ वटा उजुरी दर्ता भएका छन् । आव २०७९/२०८० मा संगठित तथा आर्थिक अपराधमा ६७३ वटा उजुरी दर्ता भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार २०८१ सालमा सबैभन्दा बढी भन्सार छलीका घटना बाहिर आएका छन् । जसमा १८ वटा घटना भन्सार छलीका रहेका छन् । त्यसपछि, प्रदेशमा सबैभन्दा धेरै चोरीका घटना घटेका छन् । कार्यालयका अनुसार प्रदेशमा ४ वटा चोरीका घटना भएका छन् ।
त्यस्तै, यस प्रदेशमा जुवा तास खेल्ने २ वटा, अवैध मुद्रा बरामद १ वटा, स्रोत नखुलेको रकम १ वटा , धातु बरामद १ वटा , सामाजिक सञ्जालबाट फिरौती माग्ने १ वटा घटना भएका थिए । लुम्बिनी प्रदेश प्रहरीका अनुसार यस वर्षको हालसम्ममा १८ वटा भन्सार छलीका उजुरी परेका छन् ।
जसबाट प्रहरीले अन्दाजी ५९ लाख २५ हजार रुपैयाँको बराबरको समान बरामद गरेको थियो । यस वर्षमा लुम्बिनी प्रहरीमा २ वटा चारीका परेका छन् । प्रहरीले उक्त चोरीको घटनामा १५ लाख १६ हजार रुपैयाँको चोरी भएको जनाएको छ । उक्त वर्षमा जुवा तास लगायत खेल्दै गरेको अवस्थामा २६ जना पक्राउ परेका छन् ।

उनीहरूसँगबाट प्रहरीले अन्दाजी ४ लाख ९४ हजार रुपैयाँ बरामद गरेका छ । उक्त वर्षमा प्रहरीले १ जना भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा ९ लाख २४ हजार भारतीय रुपैयाँ, १००० युयस डलर, ९६० संयुक्त अरब इमिरेट्स दिर्हामसहित पक्राउ गरेको छ । जसको नेपाली रुपैयाँ अन्दाजी २ लाख भन्दा बढी हुन आउने प्रहरीले जनाएको छ ।
प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको । पक्राउ पर्ने व्यक्तिको साथबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको छ । लुम्बिनी प्रहरीले श्री गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन जस्तो देखिने धातुले बनेको २ वटा सिक्री बरामद गरेको थियो । यस्तै, प्रहरीले सामाजिक सञ्जाल ह्राट्रस एपको प्रयोग गरी ५ करोड फिरौती माग्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया