आयात २१ प्रतिशतले घट्दा व्यापार घाटामा सुधार

आयात २१ प्रतिशतले घट्दा व्यापार घाटामा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा ६ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म उक्त मूल्यको वस्तु तथा सेवा आयात भएको हो । 

भन्सार विभागका अनुसार गतवर्षको पाँच महिनाको तुलनामा आयात २०.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पाँच महिनामा आठ खर्ब ३८ अर्ब रुपैयाँको आयात भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा ६७ अर्ब ३० करोड रुपैयाँका बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा निर्यात ३४.६१ प्रतिशतले घटेको हो । 

विभागका अनुसार गतवर्षको मंसिर मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात भएको थियो ।

साथै, निर्यात र आयात दुवै घटेपछि व्यापार घाटामा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको मंसिर महिनासम्म सात खर्ब ३५ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको मंसिरमा उक्त व्यापर घाटा पाँच खर्ब ९७ अर्ब रुपैयाँ कायम भएको छ । 

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ ।