काठमाडौं – सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई जेठ ४ गते २८ औँ वार्षिक साधारण सभामा बोलाएको छ ।
कम्पनीको वैशाख १२ गते बसेको ३५१ औँ बैठकको निर्णयअनुसार उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय कानदेवस्थान कुपण्डोल ललितपुरमा हुने भएको हो ।
सो बैठकबाट उक्त सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअर्थ वैशाख २० गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया