काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । केन्द्रीय बैंकको वैशाख ८ र ९ गतेको तथ्यांकअनुसार एकैदिन निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको हो । वैशाख ८ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्ब रुपैयाँकै वृद्धि देखिएको छ । वैशाख ८ गते ६० खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । वैशाख ८ गते ५५ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भोलिपल्ट ५५ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले नै बढेको छ । केन्द्रीय बैंकको अनुसार सो समयमा सिडी रेसियो घटेर ७९.३५ प्रतिशत र अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।
प्रतिक्रिया