दुई दिनमै १ हजार १ सयले बढ्यो सुनको मूल्य 

दुई दिनमै १ हजार १ सयले बढ्यो सुनको मूल्य 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सुनको मूल्य दुई दिनमा १ हजार १ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ५ सय रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रूपैयाँले बढेर १ हजार ४ सय ५ रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११ः५४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८१८ दशमलव ४० डलर पुगेको छ । अघिल्लो कारोबार दिन स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८ सय १४ डलरमा ९८ पैसामा बन्द भएको थियो ।

आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १ सय ३२ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि एक अमेरिकी डलरको विक्रीदर १ सय ३२ रूपैयाँ ७२ पैसा थियो ।