काठमाडौं – यूनाईटेड अजोड इन्स्योरेन्सका कम्पनीका सञ्चालक सदस्य पानु दत्त पौडेलले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक सदस्यका रुपमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका पौडेलले सो पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले पौडेलको राजीनामा स्वीकृत गरेकाे छ । उनको राजीनामा वैशाख १२ गते देखि लागूहुने गरी स्वीकृत भएको हो ।
प्रतिक्रिया