प्रतिताेला सुनको मूल्य १ लाख ८९ हजार ७००

प्रतिताेला सुनको मूल्य १ लाख ८९ हजार ७००


काठमाडौं – आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज १ हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।