कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै विद्यमान संस्थापक शेयरधनीहरू मात्र खरिद गर्न मिल्ने गरी सो  शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्ने छ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ।