चेक रिपब्लिक पटाइदिन्छु भन्दै ३ लाख ४० हजार  ठगी गर्ने एक जना पक्राउ

चेक रिपब्लिक पटाइदिन्छु भन्दै ३ लाख ४० हजार  ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । 

नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।