विदेशमा रहेका नेपालीहरुको लागि आजबाट शुभम् सिमेन्टको आईपीओ खुल्ला

विदेशमा रहेका नेपालीहरुको लागि आजबाट शुभम् सिमेन्टको आईपीओ खुल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विदेशमा रहेका नेपालीहरुको लागि आजबाट शुभम् सिमेन्टको आईपीओ खुल्ला गरिएको छ । 

जारी पूँजी २० करोड रुपैंयाको २० प्रतिशतले हुन आउने ४ करोड रपैंया बराबरको ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका जनताको लागि निश्कासन गरिएकोमा १ लाख ८० हजार ५८० कित्ता थप गरी ५ लाख ८० हजार ५ सय ८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारको लागि गएका नेपालीले मात्र भर्न पाउने छन् । 

वैदेशीक रोजगारीममा रहेका नेपाली उक्त आईपीओमा २० पुससम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको आह्वान पत्रमा उल्लेख छ ।
कम्पनीले संखुवासभा पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत आयोजनाको निर्माण गरी १ साउन २०६८ देखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । सो आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ९।०९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २९।८६ वर्ष रहेको छ।