सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री गर्ने भएको छ ।

कम्पनीले ४ हजार ३८३ कित्ता संस्थापक शेयर राष्ट्र बैंकको निर्देशन अनुसार पहिला संस्थापकहरुलाई विक्री खुला गरी सो अवधिमा संस्थापक शेयरधनीको कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।

यो शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।