आइएमई र नेपाल एसबीआई बैंक बिच सम्झौता

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल एसबिआई बैंक र आइएमईबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।