काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नाफा १६.८० प्रतिशतले बढेकाे छ। कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा १६.८० प्रतिशतले बढेकाे हाे। कम्पनीले गत आवको चैत मसान्तसम्म २१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर २४ करोड ६८ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीको सञ्चालन नाफा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढे ३५ करोड १४ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी गत आवमा ६४ करोड ६५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८५ करोड ७७ लाख रुपैयाँ नाघेको छ ।
यससँगै गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५१ पैसा रहेकोमा चालू आवमा बढेर २५ रुपैयाँ १२ पैसा पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट घटेर ४।४२ प्रतिशतमा झरेको छ।कम्पनीको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ छ भने शेयर प्रिमियम करीब पौने ७ करोड रुपैयाँ, रिजर्भ कोषमा २ अर्ब बढी र जगेडा कोषमा २८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीले करीब १३ करोड रुपैयाँ सापटी लिएर १२ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ भने साढे ३ अर्ब रुपैयाँकाे हाराहारीमा निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २८२ रुपैयाँ ४८ पैसा छ।
प्रतिक्रिया