काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनकाे मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला १ हजार रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २३अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया