काठमाडौं – एनआईसी एशिया बैंकले घर जग्गा तथा अन्य सम्पत्ति बिक्री गर्ने भएको छ। बैंकले सुचना निकालेर धितोमा रहेको चल अचल सम्पत्ति बिक्री गर्ने जनाएको हो। बैंकले धर्मेन्द्र कुमार साहुको नाममा मालपोत कार्यालय रौतहटमा दर्ता रहेको कित्ता नं.२३१५, २३१६ र २३१४ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात बिक्री गरिनेछ।
साहु गल्ली एण्ड कमिशन एैजेन्ठको स्वात्विमा रहेको मालसमान तथा आयकर प्राप्ती उपर हाइपोथिकेशन बिक्री गरिने छ। यसैगरी, राम शरण श्रेष्ठको नाममा नापी कार्यालय काभ्रेपलान्चोकमा दर्ता रहेको कित्ता नं. २६७९, २७४३ र २७७५ जग्गा सो जग्गामा कनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात बिक्री गरिने छ।
साथै, यु.एमु इँटरप्राजेज प्रा.ली.को स्वामित्वमा रहेको मालसमान तथा आय प्राप्ती उपर हाइपोथिकेशन सुरक्षण समेत बिक्री गरिने बैंकले जनाएकाे छ । बैंकले बोलपत्र फारम १ हजार रुपैयाँ तिरेर बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुबाट लिन सकिने छ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार बैंकमा निहित हुनेछ। बोलपत्र सम्बन्धी सम्परर्ण प्रक्रीया कानुन बमोजिम हुनेछ।
प्रतिक्रिया