सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा ३१ प्रतिशतको वृद्धि

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा ३१ प्रतिशतको वृद्धि


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुगेको हो । खुद प्रिमियम आम्दानी पहिले ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी बढेर ६ रुपैयाँ ५८ पैसाबाट अहिले ७ रुपैयाँ ८७ पैसा पुगेकाे छ । प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ । बिहीबार बजार बन्द हुँदा शेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ ३० पैसा छ ।