काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यसअघि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी वैशाख २१ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो ।
बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाएको थियो । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । ७ वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया