दिपल इभीको ‘छुटाउनै नमिल्ने’ प्रि-बजेट अफर सार्वजनिक

दिपल इभीको ‘छुटाउनै नमिल्ने’ प्रि-बजेट अफर सार्वजनिक


काठमाडौं – इभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभीको ‘छुटाउनै नमिल्ने’ प्रि-बजेट अफर सार्वजनिक गरेकाे छ । कम्पनीले बजेट आउनुभन्दा पहिला यस्ताे अफर सार्वजनिक गरेको हो । 

‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ। साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा पनि पाउनेछन्। साथै, ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि निःशुल्क प्रदान गरिनेछ। यो अफर बैशाख १० गतेदेखि सुरु भई ४५ दिनसम्म लागू हुनेछ।

नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको छ ।