काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रतिशिक्षार्थी, कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक र सुपरभाइजर गरी केही संख्यामा कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिन योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र (वैशाख २६) सम्म आवेदन दिन सक्नेछन् ।
१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र एसएलसी र सोही सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा ५ वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन्। आवेदन दिनको लागि संस्थाको वेबसाइड वा संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलान्चोकमा प्राप्त हुने गरी निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया