लगातार ६ महिनासम्म भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक

लगातार ६ महिनासम्म भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक


काठमाडौं – सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ ।

आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेकाे हाे । विभागले ननफाइलर अवधि ६ महिना कटेका करदाताको विवरण आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्दै १५ दिनभित्र कर विवरण पेस गरी कारोबार नियमित गर्न भनेको छ। यसरी विवरण सार्वजनिक भएका करदातामा अधिकांश साना उद्यमी छन् ।