ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोली बोलकबोल हुने 

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारको आन्तरिक ऋण उठाउने प्रायोजनको लागि बैंकले विकास ऋणपत्र २०८३‘ज’ बिक्री गर्न लागेको हो । चार बर्षको अवधी रहेको उक्त ऋणपत्रमा बैंक तथा वित्तिय संस्था, गैर बैंक तथा वित्तिय संस्थाको साथै बीमा कम्पनी, संगठित संस्थाको साथै, नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

आज बोलकबोल हुने उक्त ऋणपत्रको निष्कासन भने भोली हुनेछ । राष्ट्र बैंकको सूचना अनुसार कम्तीमा ५० हजार र बढीमा ५० हजारले निःशेष भाग जाने अंकमा हुनुपर्ने बैंकले निकालेको सूचनामा उल्लेख गरेको छ । 
सूचनामा भनिएको छ, ‘ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रकृयाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन पाउन सक्नेछ । त्यस्तै, केन्द्रिय बैंकबाट इजाजपत्र प्राप्त क,ख,र ग वर्गका वित्तिय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन भने पाउँने छैनन् ।