युनाइटेड इन्स्योरेन्सले लाभांश पारितको लागि डाक्यो साधारण सभा 

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले लाभांश प्रस्ताव पारित गर्न २९ औँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले पुस २७ गते, बुधबार सो सभा डाकेको हो।

सो सभा अनमोल ब्याङ्कवेट, शंखमुलमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।