नेकाे इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेकाे इन्स्योरेन्सद्वारा लाभांश घोषणा


काठमाडौं – नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते बसेको ४८० औं बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०८१ को वित्तीय विवरण पारित पश्चात्को मुनाफाबाट शेयरधनीहरुलाई उक्त  प्रतिशतका दरले लाभांश पारित गर्ने भएको छ । 

साथै, उक्त बोनस शेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति एवम् आगामी साधारण सभाबाट पारित भए पश्चात् कार्यान्वयन हुने भएको छ ।