रेमिट्यान्स १६.५ प्रतिशतले बढ्यो, जीडीपीमा झन्डै २५.३ प्रतिशत हिस्सा

रेमिट्यान्स १६.५ प्रतिशतले बढ्यो, जीडीपीमा झन्डै २५.३ प्रतिशत हिस्सा


काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले बढेको जनाएको छ। केन्द्रीय बेंकले आर्थिक वर्ष २०२३/२४ को फाइनान्सिय स्ट्याब्लिटी रिपोर्ट सार्वजनिक गर्दै विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढ्दै १ खर्ब ४४ अर्ब ३५ करोड रुपैयाँ पुगेको जनाएकाे छ । जुन कुल ग्राहस्थ उत्पादन (जीडीपीको) झन्डै २५.३ प्रतिशतको हिस्सा हो।

‘विप्रेषण आप्रवाहमा १६.५ प्रतिशतको वृद्धि, सकारात्मक भुक्तानी सन्तुलन र वैदेशिक मुद्रा सञ्चितिको वृद्धिले नेपालको वाह्य क्षेत्र मजबुत भएको देखिएको छ। यो आर्थिक स्थायित्वका लागि उत्साहजनक संकेत भएकाे प्रतिवेदनमा उल्लेख छ।

यस्तै, सो समयमा रेमिट्यान्स वृद्धि भएसँगै देशको कुल विदेशी मुद्रा सञ्चिति पनि १ खर्ब ३५ अर्ब ३४ लाख रुपैयाँबाट वृद्धि भई २ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ पुगेको । जुन ३२.६ प्रतिशतको वृद्धि हो । जसले १३ महिनासम्मका वस्तु तथा सेवाको आयात धान्न सक्नेछ।

यस्तै, सो समय भुक्तानी सन्तुलनमा पनि उल्लेखनीय वृद्धि देखिएकाे छ । प्रतिवेदनअनुसार साे अवधिमा भुक्तानी सन्तुलन ५ खर्ब २ अर्ब ५० करोड रुपैयाँ नाफामा रह्यो । अघिल्लो वर्षको २ खर्ब ९० अर्ब ५० करोड रुपैयाँको वृद्धि हो । यस्तै, साे समयमा मुद्रास्फीति ३ दशमलव ५७ प्रतिशत रहेको केन्द्रिय बैंककाे प्रतिवेदनमा उल्लेख छ ।