प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

यससँगै सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी २ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।