राष्ट्र बैंकलाई नै अटेरी गर्दै सालपा विकास बैंक, पर्याे कारबाहीमा

राष्ट्र बैंकलाई नै अटेरी गर्दै सालपा विकास बैंक, पर्याे कारबाहीमा


काठमाडौं – सालपा विकास बैंकले नेपाल राष्ट्र बैंकलाई नै अटेरी गर्ने गरेको पाइएको छ । राष्ट्र बैंकले दिएका विभिन्न निर्देशनहरुको पालना नगरेको भन्दै विकास बैंकलाई वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही समेत गरेको हो ।

नेपाल राष्ट्र बैंकले ख वर्गको वित्तीय संस्थालाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन पटक– पटक निर्देशन दिएको थियो । तर विकास बैंकले राष्ट्र बैंकले निर्देशनमा दिएकाे न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम गरेको छैन । त्यतिमात्रै नभई सालपाले पूर्व निर्देशनहरुको कार्यान्वयन नगरी राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरु पालना नगरेकोले संस्थाको सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) खण्ड (क) बमोजिम नसिहत दिएको बताएको छ ।