बीमा दाबी भुक्तानी लिन बीमितहरूलाई सानिमा जिआईसीको आग्रह

बीमा दाबी भुक्तानी लिन बीमितहरूलाई सानिमा जिआईसीको आग्रह



काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बिमितहरूलाई उक्त भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीले लामो समयसम्म फस्र्योट हुन बाँकी दाबीका सम्बन्धित दाबीकर्तालाई कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

साथै, अबको ३५ दिनभित्र पनि आवश्यक कागजात सहित सम्पर्कमा नआएमा त्यस्तो बीमितको दाबी फाइल बन्द गर्ने कम्पनीले जनाएको छ।