भोलिदेखि नेको इन्स्योरेन्सको २ लाख २५ हजार शेयर बिक्रीमा

भोलिदेखि नेको इन्स्योरेन्सको २ लाख २५ हजार शेयर बिक्रीमा



काठमाडौं – नेको इन्स्योरेन्सले भोलिदेखि २ लाख २५ हजार १६१.३५ कित्ता शेयर बिक्रीमा अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री गर्दैछ। बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता बाँकी बसेकोमा सोही शेयर बिक्री गर्न लागेको हो।

आवेदन दिने अन्तिम मिति वैशाख २१ गते रहेको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ भने आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्।