राष्ट्र बैंकको कारबाहीमा परे मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल

राष्ट्र बैंकको कारबाहीमा परे मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल


काठमाडौं – नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई कारबाही गरेको छ । वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा बैंकका अध्यक्ष ढकाललाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको सम्बन्धमा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको “सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेश हुन पाउने छैन” भन्ने व्यवस्था उल्लङ्घन गरेकोले ढकाललाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको हो ।