अर्थतन्त्रमा सुधारको संकेत देखिएको केन्द्रीय बैंकको निष्कर्ष, कर्जा परिचालन र निष्क्रिय कर्जा मुख्य चुनौती

अर्थतन्त्रमा सुधारको संकेत देखिएको केन्द्रीय बैंकको निष्कर्ष, कर्जा परिचालन र निष्क्रिय कर्जा मुख्य चुनौती


काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालको समष्टिगत आर्थिक अवस्थामा सुधारको संकेत देखिएको उल्लेख गरेको छ । आर्थिक वर्ष २०२३/२४ को फाइनान्सिय स्ट्याब्लिटी रिपोर्ट सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको उल्लेख गरेको हो ।

‘यद्यपी, चूनौती नै नभएको भने होइन,’ रिपोर्टमा लेखिएको छ, ‘आर्थिक वर्ष २०२३/२४ को वार्षिक तथ्यांकले सकरात्मक प्रवृत्ति देखाएको छ ।’ अघिल्लो आर्थिक वर्षको तुलनामा न्यून मुद्रास्फीति, बलियो बाह्य क्षेत्र र कुल गार्हस्थ उत्पादन वृद्धिमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेको कारणले निक्षेप र ऋणको ब्याजदरमा गिरावट आएको छ । तर, ऋण वृद्धि भने अनुमानभन्दा न्यून छ । पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग क्षेत्रमा निष्क्रय कर्जा उल्लेख्य बढेको छ । यो चूनौतीकारुपमा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, घरेलु तथ्यांकहरु सकारात्मक रहेपनि सुस्त कर्जा वृद्धि र वित्तीय कमजोर प्रदर्शनको संयोजनले पुनरुत्थानलाई निरन्तरता दिएको राष्ट्र बैंकको बुझाई छ ।

यस्तै, पछिल्लो समय नेपालको आर्थिक वृद्धिदरमा समेत सुधार आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०२३/२४ मा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहेको अनुमान छ । जुन, अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा १.९५ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको थियो । यसले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको संकेत गर्ने केन्द्रीय बैंक जनाउँछ ।