बाह्य मुलुकतर्फ लैजान लागेको ६० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

बाह्य मुलुकतर्फ लैजान लागेको ६० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सयसहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।