स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र ल्याउन बैंकले गत गत बिहीबार स्वीकृति पाइसकेको छ।

बैंकले अबको केही समयमै २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरिरहेको हो। ऋणपत्रको नाम स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र छ भने अवधि ५ वर्षको छ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार यस ऋणपत्रका लगानीकर्ताले वार्षिक १०.४३० प्रतिशत ब्याज पाउने छन्। 

उक्त ऋणपत्रमध्ये बैंकले ९६ करोड बराबरको सर्वसाधारणका लागि बिक्री गर्ने छ भने बाँकी १ अर्ब ४४ करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

यसअघि बोर्डले निफ्राको ५ अर्ब बराबरको निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ नामक ऋणपत्र जारीका लागि स्वीकृति दिएको थियो। जुन हाल निष्कासनको चरणमा छ।