नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ अर्ब माथि 

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ अर्ब माथि 

‘बैंकिङ्ग समूहमा १५ दशमलव ५१ अंकको गिरावट’


काठमाडौं–  बुधबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) ३२ दशमलव ४४ दशमलव अंकको गिरावट देखिँदा बजार २६ सय ५५ दशमलव ८८ अंकको विन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७ सय ३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड माथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४१ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।