काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २६ देखि निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले २९ गतेसम्म अभिकर्ता तालीम सञ्चालन गर्ने भएको हो । तालिम बिहान ९ः ३० देखि साँझ साढे ५ बजेसम्म सञ्चालन हुनेछ ।
संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले समेत आवश्यक पर्ने कागजात पेश गरेर सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। यसको लागि प्लस टू पास गरेकाले तालीम लिन सक्नेछन् भने यसका लागि शैक्षिक र नेपाली नागरिकताको प्रमाणपत्र सहित पासपोर्ट साइजको ३ प्रति फोटो र ३ हजार रुपैयाँ शुल्क लाग्नेछ।
प्रतिक्रिया