काठमाडौं – ब्याजदर घटेसँगै निक्षेपमा राखेको रकमबाट आउने आम्दानीमा गिरावट देखिएसँगै बीमा क्षेत्रले लगानीका नयाँ–नयाँ उपाय खोज्न थालेको छ। याे क्षेत्रले नयाँ अवधारणा, नयाँ कार्यशैली र व्यवस्थित बन्ने किसिमको नीति अपनाउन थालेकाे हाे। लगानीयोग्यमध्ये ८० प्रतिशत रकम निक्षेपमा थुप्राउँदै आइरहेका कम्पनीहरूको आम्दानी ब्याजदर घटेसँगै खुम्चिएको छ ।
यससँगै, ब्याजबाट मात्रै कम्पनीको आम्दानी दिगो नहुने देखेपछि लगानीका नयाँ उपाय अवलम्बन गर्न थालेका हुन् । यसैसँग रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्ड सुरु गरेको छ । यसबाहेक ब्याज आम्दानी खुम्चिन थालेपछि पछिल्ला वर्षहरूमा नेपालमा बीमा कम्पनीहरूले धमाधम इन्भेस्टमेन्ट कम्पनी खोल्न थालेका हुन् ।
ब्याज आम्दानी खुम्चिएसँगै कम्पनीहरूको ब्याज आम्दानी समेत घट्न थालेपछि लगानीको नयाँ स्रोत खोज्नेक्रममा कम्पनीहरूले ‘इन्भेष्टमेन्ट कम्पनी’ खोल्न थालेका थिए । यो कदमको मुख्य कारण बीमा कम्पनीहरूले आफ्नो कोष व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र लगानीबाट उच्च प्रतिफल प्राप्त गर्नु हो ।
यसैबीच रिलायबल लाइफ इन्स्योरेन्सले म्युचल फण्डको सुरुवात गरेर ठूला लगानीकर्ताहरूको लागि मात्र नभएर साना लगानीकर्ताहरूको लागि पनि उत्कृष्ट याेजना ल्याएकाे छ। यो याेजनाकाे धितोपत्र बोर्डबाट नियमन भएर कामहरू हुन्छ । काम गर्नको लागि पनि विभिन्न निर्देशिकाहरू पूरा गरिएको हुन्छ ।
आजको भिडियोमा हामी यो म्युचल फण्डमा किन लगानी गर्ने भन्ने विषयमा कुराकानी गर्ने छौ । यस फण्डमा १ अर्ब रुपैयाँको पुँजी बराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ । कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ ।
बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। रिलायबल समृद्धि योजना बन्दमुखी प्रकारको हो। यो १० वर्षे अवधिको योजना हो ।
प्रतिक्रिया