बैंकिङ्ग निक्षेप र कर्जा लगानी दुवै घट्यो, सीडी रेसियो ७९.३५

बैंकिङ्ग निक्षेप र कर्जा लगानी दुवै घट्यो, सीडी रेसियो ७९.३५


काठमाडौं – नेपाल राष्ट्र बैंकको वैशाख ५ र ६ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा लगानी दुवैमा गिरावट आएको देखाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट वैशाख ६ गते एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

सो समयमा बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले नै घटेको छ । वैशाख ६ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६८ खर्ब ३१ अर्ब रुपैयाँमा सिमित भएको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ६८ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

यसैगरी वैशाख ६ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी घटेर ५५ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ । ५ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ६ अर्ब रुपैयाँ थियो । केन्द्रीय बैंकको अनुसार सो समयमा सीडी रेसियो घटेर ७९.३५ प्रतिशत र अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।