बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले डिजिटल प्रणालीबाट कारोबार गर्नेको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वालेट प्रयोगकर्ताको संख्या गत आ.वको तुलनामा चालु आ.वको कात्तिक मसान्त सम्ममा प्रयोगकताको संख्यामा वृृद्धि भएको छ । जसमा वालेट प्रयोगकर्ता गत आ.वको कात्तिक मसान्त सम्ममा १ करोड २३ लाख ९ सय ७ जना प्रयोगकर्ता रहेकोमा चालु आ.वको कात्तिक मसान्त सम्ममा वालेट प्रयोग गर्नेको संख्या वृद्धि भई १ करोड ५१ लाख ३३ हजार ७ सय ३५ जना प्रयोगकर्ता रहेको भने वालेट मार्फत राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
जसमा वालेट मार्फत कारोबार १७ अर्ब २२ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ भने गत आर्थिक बषको कात्तिक मसान्तमा १६ अर्ब ५६ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
यद्यपी, वालेट मार्फत भएको कारोबार संख्या गत आ.वको कात्तिक मसान्तमा कुल १ करोड ३ लाख ३० हजार ८ सय ४ पटक वालेट मार्फत कारोबार भएको थियो भने चालु आ.वमा १ करोड ५५ लाख १९ हजार ७ सय ४३ पटक वालेट मार्फत कारोबार भएको छ ।
त्यस्तै, डेबिट कार्डको प्रयोगकर्ताको संख्या चालु आ.वको कात्तिक मसान्तमा सम्ममा १ करोड १७ लाख ३८ हजार ९ सय ७३ जनाले डेविट कार्ड प्रयोगकर्ता रहेकोमा छ भने, गत आ.वको सोही महिनामा ९५ लाख ६५ हजार २४ जना डेविट कार्ड प्रयोगकर्ता रहेका थिए । जसमा डेविट कार्ड मार्फत चालु आ.वको कात्तिक मसान्त सम्ममा ८१ अर्ब ८ करोड ४८ लाख रुपैंया बराबारको कारोबार भएको छ भने गत आ.वको सोही अवधीमा ६६ अर्ब २९ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको थियो । यद्यपी, चालु आ.व कात्तिक मसान्त सम्ममा ९९ लाख ९४ हजार ३ सय ४१ पटक कार्डको प्रयोग गरी कारोबार गरिएको छ ।
इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या चालु आ.वको कात्तिक मसान्त सम्ममा १७ लाख ५० हजार ९ सय ३६ जना रहेको छ । जसमा इन्टरनेट बैंकिङ्ग बाट कारोबार ११ अर्ब ७ करोड ७० लाख रुपैंया बराबरको कारोबार यस बर्षमा भएको छ ।
मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १९ करोड ४० लाख ३ हजार ७ सय ८० छन् भने यस बाट कारोबार भएको रकम १ खर्ब ६२ अर्ब १३ करोड ७ लाख रुपैंया बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया