राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियाे

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियाे


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले निष्काशन तथा बिक्री खुला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले वैशाख ७ गतेदेखि  निष्काशन गरेकाे २ अर्ब ५० करोड बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हाे । अब वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेगरी समयावधि थपिएकाे हाे।   

बैंकले प्रतिऋण पत्र अंकित मूल्य १ हजार रुपैयाँको दरले २५ लाख कित्ताले हुन आउने रकम २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ ।  ऋणपत्र मध्ये ६० प्रतिशत  अर्थात्, २५ लाख कित्ताको हुन आउने रकम १ अर्ब ५० करोड ऋणपँजी व्यक्तिगत तवरबाट बिक्री गरिने हो ।  

त्यस्तै, ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने रकम १ अर्ब रुपैयाँ बराबरको ऋण पुँजीमध्ये ५ प्रतिशत अर्थात्,  ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरिने भएको छ । साथै, बाँकीको ९ लाख ५० हजार कित्ता ऋणपत्रको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा निष्कासित सम्पूर्णमा दिन सक्नेछन्। सो ऋणपत्रमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा प्रणाली वा सिडिएस एण्ड क्लियरिङ्ग  लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । बैंकको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।